प्रहार समाचार । काठमाडौँ, बैशाख ३० । काठमाडौंको बत्तीसपुतलीमा ग्याङ्ग फाइट हुँदा एक युवकको ज्यान गएको छ।

शनिबार साँझ भएको उक्त घटनामा मोरङ घर भइ बतीसपुतलीस्थित कुमारी मार्गमा बस्दै आएका २४ वर्षीय शम्भु धिमालको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट देखिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
धिमाललाई शनिबार साँझ नै सिनामंगलस्थित केएमसी अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको कुमारी मार्गस्थित बीच बाटोमै हत्या भएको अनुमान छ।
उक्त घटनामा मोरङ घर भएकै २३ वर्षीय मनीष चौधरी पनि घाइते भएका थिए । उनी उपचारपछि डिस्चार्ज भएका छन् । घटनाको अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको छ ।
























