प्रहार समाचार । तनहुँ, बैशाख ३० । तनहुँको सदरमुकाम दमौली स्थित व्यास नगरपालिका वडा नं ३ बाट प्रहरीले सात जना जुवाडेहरु लाई पक्राउ गरेको छ ।
तस्विर : जिप्रका तनहुँ ।

घरमा जुवा तास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले अनसन चौतारी स्थित लक्ष्मण मल्लको घरबाट हिंजो शनिबार ती जुवाडेहरु लाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा घर धनि लक्ष्मण मल्ल, बलराम गुरुङ, डम्बर बहादुर बराली, तुलबहादुर अधिकारी, दिलबहादुर आले , बुद्धिराज मिश्र र संजय गहतराज रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दिपक कुमार रायले जानकारी दिए । जुवाडेको खालबाट प्रहरीले ६८ हजार ७ सय ९३ र ११ सय ४४ थान तासहरु बरामद गरेको रायले बताए । निजहरू उपर जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट सात दिनको म्याद थपगरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

























