प्रहार समाचार । काठमाडौ, बैशाख २५ । सामान्य तया ज्यान मारेको अपराधिलाई कति वर्ष सजाय सुनाइएला ? ५० वर्ष, १०० वर्ष या २ सय वर्ष ? कि बढि ? अमेरिकाको एक अदालतले ज्यान मारेको अपराधमा एक जना नर्सलाई अधिकतम ७६० वर्षको जेल सजाय सुनाइएको छ ।

अमेरिकाको पेन्सिल्भेनियाकी हिथर प्रेस्डीलाई शनिबार अदालतले ३८० देखि ७६० वर्षसम्मको जेल सजाय सुनाएको हो । ती नर्सले ४३ देखि १०४ वर्ष उमेरसम्मका धेरै बिरामीहरुलाई तीन वर्षसम्म नियतबस सुइमार्फत् इन्सुलिनको घातक डोज दिएर हत्या गरेको दाबी गरिएको छ ।
सन् २०२० देखि २०२३ सम्मको अवधिमा उनले अमेरिकाका विभिन्न ५ वटा स्वास्थ्य संस्थाहरुमा गरेर कम्तिमा १७ जना बिरामीको हत्या गरेकी थिइन् ।
एनले नै ३ वटा हत्या तथा १९ वटा ज्यान मार्ने उद्योगको अभियोग स्वीकार गरेकी छिन् र त्यसबापत उनलाई सबै हत्याका लागि जन्मकैदको सजाय भयो । त्यस्तै अन्य सबै हत्यामा समेत उनलाई अदालतले दोषी ठहर गर्दै ३८० देखि ७६० वर्षसम्मको जेल सजाय तोकिएको छ ।
साथै उनीमाथि २२ जना बिरामीलाई इन्सुलिनको अत्यधिक डोज दिएको आरोप छ । उनले त्यसरी इन्सुलिनको कडा डोजको सुइ दिएकामध्ये अधिकांश डाइबेटिजका बिरामी नै थिएनन् । त्यसरी इन्सुलिनको उच्च डोजयुक्त सुइ दिएका मध्ये अधिकांशको छोटो समयमै मृत्यु भयो भने कतिपयले केही समयपछि ज्यान गुमाए ।


























