हेडलाईनसमाचारप्रदेश

काजमा रहेका सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय

प्रहार समाचार । काठमाडौँ, बैशाख २५ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काजमा रहेका अन्य सबै सरकारी सामुदायिक विद्यालयका शिक्षकहरूको काज फिर्ता गर्ने निर्णय गरेको छ।

मंगलबार सचिवस्तरीय निर्णयबाट ‘घातक रोग लागेर उपचाररत शिक्षक’ बाहेक सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले बताएको छ।

मन्त्रालयमा शिक्षकहरूलाई पहुँचका आधारमा विभिन्न अनावश्यक र अस्वाभाविक निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन अध्यापनमा समस्या परेको गुनासो आएपछि शिक्षा मन्त्री सुमना श्रेष्ठले घातक रोग लागेका बाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी हुन्।
यो निर्णय संगै पहुँचका आधारमा अनावश्यक र अस्वभाविक निकायहरुमा कागजमा खटिएका शिक्षक नेताहरुलाई ठूलै झड्का लाग्ने र शिक्षक बृत्तमा तरङ्ग पैदा गर्ने देखिएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button