हेडलाईनसमाचार

व्यास नगरपालिकाद्वारा प्लास्टिक मुक्त अभियानसम्बन्धी कार्यविधि पारित

प्रहार समाचार । तनहुँ, बैशाख २५ । तनहुँको व्यास नगरपालिकाले प्लास्टिक मुक्त अभियान सम्बन्धी कार्यविधि २०८१ पारित गरेको छ। व्यास नगरपालिकालाई प्लास्टिक मुक्त बनाई स्वच्छ र सफा बनाउन उक्त कार्य विधि तयार पारि पारित गरिएको हो।

आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लास्टिक झोलामुक्त बनाइने योजना अनुरुप प्रक्रिया अघि बढाइएको व्यास नगरपालिकाले जनाएको छ।
यसका साथै नगरपालिकाले व्यास नगरपालिका वडा नं ५ स्थित मानुङकोट पर्यटकीय क्षेत्रमा घर निर्माण सम्बन्धी मापदण्ड तोकी घर निर्माण प्रक्रिया खुला गर्ने निर्णय गरेको छ। साथै निकास नखुलेका घरजग्गा समेटेर मानुकोट पर्यटकीय क्षेत्रको जग्गा विकास आयोजनाको प्रक्रिया अघि बढाइने निर्णयगरेको व्यास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष एवं प्रवक्ता  जीवन गुरुङले जानकारी दिए।
व्यास नगरपालिकाका घर सटरहरूको उठ्न बाँकी भाडा बुझाउन पटकपटक सम्बन्धित भाडामा रहेकाहरुलाई सूचना गर्दा केही घर भाडामा बस्नेहरूबाट भाडा उठेको देखिएको र भाडा उठ्न बाँकी अन्य कोठा सटरहरूको नियमअनुसार प्रक्रिया अघि बढाई खाली गर्न निर्देशन दिने निर्णय समेत भएको  छ।
यसैगरी व्यास नगरपालिकाको स्रोत अनुगमन तथा बजेट सीमा निर्धारण समितिको अनुमानित आय र खर्च सीमा सम्बन्धी पूर्व बजेट छलफलका लागि आगायी जेष्ठ ७ गते नगर सभा कक्षमा सबै नगर सदस्य र सरोकारवालाहरुलाई सहभागी बैठकको आयोजना गर्ने निर्णय समेत भएको छ।
व्यास नगरपालिकाको मिति २०८१ वैशाख १० गते बसेको बैठकका निर्णयहरूको बुँदागत समीक्षा गरिएको छ। त्यस्तै आर्थिक वर्ष २०८१ /०८२ को बजेट तयारी सम्बन्धमा वडागत प्रगतिका सम्बन्धमा छलफल समेत गरिएको छ नगरपालिकाले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button