गण्डकीसाहित्यम्याग्देप्रदेश

कविता : म्याग्दे भूतलमा छ स्वर्ग सरि यो 

म्याग्देको जल हात अन्जुल लिएँ, सारा उदासी हटे 
आकाङ्क्षा सब पूर्ण हुन्छ मनको उत्साह पाई डटे
चित्रे साथ गुफा वसन्त वनमा याे जो अनन्ते कुवा 
पक्का पूर्ण हुने समस्त सपना आकाश चुम्छन् भुवा । 

शुक्ला स्वच्छ प्रवाहबाट जलको समृद्धिका कारण 
होस् उत्पन्न कला सदैव हँसिलो मुद्रा असाधारण 
लम्केका अभियानमा सुखद छन् भूस्वर्ग म्याग्दे हुने 
मैत्री मेलमिलाप सुन्दर कथा होस् एकता चम्कने ।

भोला शङ्कर साथमा भगवती चण्डी भवानी उमा 
नौला शब्द र वाक्य शुद्ध लयका अर्पे यहाँ पाउमा 
भेट्ने उत्सुकता लिएर गहिरो छन् हेर मादी नदी 
यस्को अर्थ बुझिन्छ हुन्छ रसिलो सानन्द याे जिन्दगी ।

डम्फेको पहरा दिने रसकथा आमोदमा जीवनी 

आत्मामा अधिकार भाव रसिला उत्पन्न सञ्जीवनी 
पृथ्वी मार्ग छ बीचमा गजबको उत्कृष्ट मुस्कानमा 
फुल्छन् फूल छ वासना मगमगी इच्छा मनोकामना । 

निस्के झैं नव यौवना प्रकृतिको याे काखमा वैदिकी 
बाँड्ने आपसमा विचार गरियो उद्देश्य नौला झिकी 
बाराही गरिमा बनेर महिमा निस्के यहाँ दर्जन 
म्याग्दे भूतलमा छ स्वर्ग सरि याे संक्षेपमा वर्णन । 

• मणिकुञ्ज, म्याग्दे, तनहुँ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button