प्रहार समाचार । काठमाडौँ, बैशाख २२ । नेपाली पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासङ्घको निर्वाचन यहि जेठ २६ गते हुने भएको छ। शुक्रबार राति काठमाडौँमा सम्पन्न महासङ्घको २७ औँ महाधिवेशनले आगामी जेठ २६ गते महासङ्घको निर्वाचन गर्ने मिति तोकेको हो ।

बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले जेठ १९ गतेका लागि मिति प्रस्ताव गरेको थियो । तर महाधिवेशनको बन्द सत्रमा छलफलका लागि प्रतिनिधिहरूले एक साता पर धकेल्न माग गरेपछि महासङ्घले २६ जेठमा केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरूको एकसाथ निर्वाचन गर्ने निर्णय गरेको हो ।
महासङ्घमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासङ्घको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन् । निर्वाचनको मिति तोके संङ्गै महासङ्घले साधारण सदस्यको टुङ्गो एक साता भित्र ग लगाइसकेको छैन । टुङ्गो लगाइसक्नेमहासङ्घमा हरेक तीन वर्षमा नेतृत्व परिवर्तन हुने गर्दछ । प्रत्यक्ष निर्वाचनको व्यवस्था भएका कारण महासङ्घको नेतृत्वका लागि हरेक साधारण सदस्यले मताधिकार पाउँछन् । महासंघले निर्वाचनको मिति तोके संङ्गै साधारण सदस्यको टुङ्गो एक साता भित्र लगाइसक्ने जनाएको छ।क
म


























