प्रहार समाचार । काठमाडौँ, बैशाख २२ । नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ।

शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
त्यस्तै कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा राति पनि मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।


























