प्रहार समाचार । काठमाडौँ, बैशाख ,२१ । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दुई गाउँपालिकालाई अनुदान सहयोग दिने भएको छ।

दाङको ‘राजपुर गाउँपालिका’ र गुल्मीको ‘इस्मा गाउँपालिका’ लाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले, आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।
सहयोग रकम गाउँपालिकाहरूको प्रकोप व्यवस्थापन कोषमा पठाइने महानगरले जनाएको छ ।


























