हेडलाईनव्याससमाचारगण्डकी

समाजसेवी  पाण्डे दाजुभाइलाई मातृशोक

प्रहार समाचार । तनहुँ , बैशाख २१ । तनहुँको व्यास नगरपालिका–१२ , कमलबारी स्थायी घर भएका  समाजसेवी दाजुभाई डा.रामचन्द्र पाण्डे तथा कृष्णचन्द्र पाण्डेलाई मातृशोक परेको छ ।


पाण्डे दाजुभाइका आमा विष्णुमायाको ८१ वर्षको उमेरमा बिहीबार राती निधन भएको थियो। फोक्सो खराब भएर उपचाररार्थ विष्णुमायाको आफ्नै निवास व्यास नगरपालिका–२ गणेशमानचोक, दमौलीमा निधन भएको परिवारले जनाएको छ ।

स्वर्गीय विष्णुमायाका जेठो छोरा डा. रामचन्द्र पाण्डे उच्च माध्यामिक शिक्षा परिषदको पाठ्यक्रम तथा प्रशिक्षण महाशाखा प्रमुख, राष्ट्रिय परिक्षा बोर्ड अनुसन्धान गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख रहेका छन् भने कान्छो छोरा कृष्णचन्द्र पाण्डे  नेपाल रेडक्रस सोसाईटी गण्डकी प्रदेशको उपमहासचिव तथा बाह्मण समाज नेपाल तनहुँको अध्यक्ष रहेका छन्।

आ विष्णुमायाको निधन प्रति बाह्मण समाज नेपालले दुःख व्यक्त गरेको छ । समाजले दमौली स्थित सेती–बुल्दी आर्यघाटमा अन्तिम दाहसस्कार गर्नु अघि शोक सभा गरेर, मौन धारण गरी दुःख व्यक्त गरेको हो ।
बाह्मण समाज नेपालका केन्द्रीय सदस्य डा. लक्ष्मीकान्त चापागाई , जिल्ला कार्यसमितिका पदाधिकारी  लगायतले स्वर्गीय आमालाई रामनामी ओढाएर अन्तिम श्रद्धाञ्जली प्रकट गरेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस तनहुँका निर्वतमान सभापति तथा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, संविधान सभा सदस्य उर्मिला थापा, कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल लगायतले अन्तिम श्रद्धाञ्जली प्रकट गर्दै र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका थिए । स्वर्गीय विष्णुमाया पाण्डेको आजै दमौली स्थित सेती–बुल्दी आर्यघाटमा अन्तिम दाहसस्कार गरियो ।  स्वर्गीय आमाको दुईछोराहरु, दुई छोरीहरु जुना पन्थ, देवी हड्खले, बुहारीहरु अम्बिका पाण्डे, राधादेवी पाण्डे र सान्नानी पाण्डे रहेका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button