प्रहार समाचार । तनहुँ, बैशाख २१ । व्यास नगरपालिकाद्वारा संचालित समता विद्यालयमा यस वर्ष २० जना विद्यार्थी थपिने भएका छन् । व्यास नगरपालिकाले शिक्षालाई सबै बालबालिकाको पहुँचमा पुर्याउने हेतुका साथ सञ्चालन गरेको व्यास नगर समता विद्यालयमा शैक्षिक सत्र २०८० मा ४२ जना शिक्षा बाट वंचित अविभावक विहिन र विपन्न बालबालिकाहरु पूर्णरुपमा आवास सहित अध्ययन गर्दै आइरहेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताए ।

नगरपालिकाले यस वर्ष भौतिक क्षमतालाई मध्यनजर गर्दै २० जना थपेर ६२ जना पुर्याइने भएको हो। यस विद्यालयमा विभिन्न ठाउँका अविभावक विहिन र विपन्न बालबालिकाहरु अध्ययन गर्दै आइरहेका शिक्षा शाखाले जनाएको छ।
नगरपालिकाले यस विद्यालयलाई देशकै एउटा नमुना विद्यालयको रुपमा विकास गर्दै लैजाने लक्ष लिएको छ।
यहाँ अध्ययन गर्ने बालबालिकाको सम्पूर्ण जिम्मेवारी नगरपालिकाले नै बहन गर्दै आइरहेको नगरपालिकाले जनाएको छ।



























