हेडलाईनव्याससमाचारगण्डकीस्वास्थ्य

बुधबारबाट दमौली स्थित अनसन चौतारी खुल्ला मञ्चमा  योग शिविर हुने

प्रहार समाचार । तनहुँ, बैशाख १८ । तनहुँको सदरमुकाम दमौली स्थित अनसन चौतारी खुल्ला मञ्चमा  भोलि बुधबारबाट योग शिविर हुने भएको छ। महिला पतञ्जलि व्यासनगरको आयोजनामा उक्त योग विज्ञान शिविर सञ्चालन हुने संयोजक मोक्षदा ढकालले बताइन्।

बिहान ४.४५ बजे बाट ६ . १५ बजे सम्म हुनेउक्त शिविरमा सुगर,पिनास, अनिन्द्रा , टाउको दुखाइ जस्ता रोगहरूको १५ दिनमा नै सकारात्मक परिणाम प्राप्त हुने गरी प्रदान गरिने भएको छ। यसका साथै ढाड दुखाई , मेरुदण्डको समस्या , नसा सम्बन्धी समस्या , सुगर  , थाइराइड जस्ता विभिन्न रोग अनुसारको समूह विभाजन गरी योग विज्ञान शिविर गराइने भएको हो ।

शिविरमा दैनिक हवन ( देवयज्ञ ) हुने र उक्त शिविरमा सहभागी हुन सम्पूर्ण परिवार एवं समुदायलाई महिला पतञ्जली व्यासनगरले आग्रह गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button