प्रहार समाचार । इलाम, बैशाख १८ । इलाम–२ मा शनिवार भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूको जमानत जात भएको छ। कुल सदर मतको १० प्रतिशत कटाउन नसकेपछि रास्वपा सहित चुनावमा भाग लिएका १९ राजनैतिक दल मध्ये १६ राजनैतिक दलको जमानत जफत भएको हो ।

इलाम–२ मा ६८ हजार ४७२ मत सदर भएको थियो । जसको १० प्रतिशत सरदर ६ हजार हुन आउँछ । तर लिम्बूले ५ हजार ५० भोट मात्र ल्याएका थिए ।
यहाँ नेकपा एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका डम्बर खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।
तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाएका थिए ।
प्राप्त मत विवरण :



























