हेडलाईनसमाचारप्रदेश

इलाम २ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ  नेम्वाङ निर्वाचित 

प्रहार समाचार । इलाम, बैशाख १८ ।  इलाम २ मा नेकपा एमालेका सुहाङ नेमवाङ नेम्वाङ निर्वाचित भएका छन्। मंगलवार बिहान ४ बजे सम्पन्न मतगणना अनुसार उनी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

सुहाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गरेका हुन्। विजयी नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरे। दोस्रो स्थानमा रहेका खड्काले २९ हजार ७ सय ४२ मत प्राप्त गरेका थिए ।
पहिचानवादी स्वतन्त्र उम्मेदवार देकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत पाएर तेस्रो स्थानमा आए भने चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए ।


२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुभाषचन्द्र नेमाङको निधनपश्चात यो क्षेत्र खाली रहेको थियो। सोही रिक्तता पूर्ति गर्न वैशाख १५ मा उपनिर्वाचन भएको हो। सुहाङ सुवासका कान्छा छोरा हुन्। २०४६ सालमा काठमाडौँमा उनको जन्म भएको हो। उनले कानुन विषयमा अध्ययन गरेका छन्। सुहाङ इलामबाट निर्वाचित भएसँगै बाबु सुबास नेम्बाङको राजनीतिक  विरासतलाई धन्ने भएका छन्। यसअघि २०७९ मा भएको निर्वाचनमाकांग्रेसका खड्का सुहाङका बुवा सुभाष चन्द्र नेमाङसँग एक सय १४ को झिनो मतान्तरले पराजित भएका थिए।


गत शनिबार भएको निर्वाचनमा १२ राजनीतिक दल सात स्वतन्त्र सहित १९ जना उम्मेदवारले उपनिर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। यसै गरि एमालेले बझाङ प्रदेश सभा सदस्यको उपनिर्वाचनमा पनि जित हाँसिल गरेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button