प्रहार समाचार । तनहुँ, बैशाख १७ । राष्ट्रिय तेक्वान्दो संघ नेपाल तनहुँको प्रथम अधिवेशन सम्पन्न भएको छ । सोमवार सम्पन्न भेलाले सुदिप पौडेलको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ । संघको उपाध्यक्षमा सरु कुमाल, सचिवमा भानु चापागाईं, कोषाध्यक्षमा थमन थापा, सह सचिवमा विष्णु थापा र सदस्यहरुमा सुनिता थापा, संगम सुर्खाली, सुजन पुरी र शुशिल क्षेत्री निर्वाचित भएका छन् ।

राष्ट्रिय तेक्वान्दो संघ नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष खड्क बहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका कार्यालय प्रमुख शिवहरि पण्डित , क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेना, जिल्ला खेलकुद विकास समितिका निवर्तमान सचिव तुल्सीराम पाण्डे, राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेशका सचिव तेज बहादुर कुँवर, संघका लमजुङ अध्यक्ष नरेन्द्र पाण्डे लगायतले मन्तव्य राखेका थिए ।
त्यस अबसरमा नव निर्वाचित अध्यक्ष पौडेलले तनहुँमा तेक्वान्दो प्रेमि खेलाडीहरुको पहिचान गरी विभिन्न प्रतियोगितामा सहभागी गराउनुका साथै प्रशिक्षक ल्याई प्रशिक्षण दिने प्रतिबद्धता व्यक्त गरे ।


























