प्रहार समाचार । काठमाडौ, बैशाख १७ । सडकमा पार्किङ गरी राखिएको बसमा अचानक आगलागी हुँदा बस जलेर खरानी हुन पुगेको छ। ( तस्विर फाईल फोटो )

उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाका अनुसार काठमाडौँको चन्द्रागिरी – १२ बलम्बुमा बा३ख ६१७३ नम्बरको मिनी बसमा साेमबार आगलागी हुँदा पूर्णरूपमा जलेर नष्ट भएको हो।
उक्त बस विगत दुई वर्षदेखि सो ठाउँमा पार्किङ गरिराखेको जानकारीमा आएको र आगो कसले लगायो भनेर नखुलेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले स्थानीय बासिन्दा र चन्द्रागिरि नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो । उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


























