हेडलाईनसमाचारविजनेसप्रदेशसूचना प्रविधि

अब नेपालमा नै चाइनिज तथा कोरियन प्रविधिमा आधारित चार पांग्रे विद्युतीय गाडी उत्पादन हुने

प्रहार समाचार । काठमाडौँ, बैशाख १७ ।  अब नेपालमा नै चाइनिज तथा कोरियन प्रविधिमा आधारित चार पांग्रे विद्युतीय गाडी उत्पादन हुने भएको छ  नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्न चाइनिज कम्पनीसँग सम्झौता भएसँगै यो सम्भव भएको हो।

एक वर्षभित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ सोमवार नेपालको कोशी एनके मोटर्स प्रालि र चाइनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सम्झौता भएको हो ।

एक वर्षभित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ सोमवार नेपालको कोशी एनके मोटर्स प्रालि र चाइनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सम्झौता भएको हो । नेपालका तर्फबाट सम्झौतामा कोशी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले हस्ताक्षर गरेका छन् ।

मोरङको बुढीगंगा गाउँपालिका १५ विघा क्षेत्रफलमा संचालनको तयारी गरिएको जनाइएको छ । यस कम्पनीमा शुरूवाती चरणमा ३ अर्ब रूपैयाँको लागत रहने अध्यक्ष पुरीले बताए । कम्पनीले प्रत्येक महिना ७५० गाडी उत्पादन गर्ने जनाइएको छ । गाडी उत्पादन सङ्गै सर्वसाधारण नेपालीहरुले पनि अब सस्तोमा सवारीसाधन चढ्न पाउने कम्पनीको विश्वास रहेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button