हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

देशका अधिकांश प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना

प्रहार समाचार । काठमाडौँ, बैशाख ९।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आइतवार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै  आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

यसैगरी राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । मधेश र कोशी प्रदेशको तराई भू–भागका थोरै स्थान साथै लुम्बिनी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका अधिकांश प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली गरी तीन प्रदेशमा वर्षा तथा लुम्बिनी र कोशी गरी दुई प्रदेशमा हावाहुरी सम्भावना रहेको महाशाखाको अनुमान छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । लुम्बिनी र कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा हावाहुरीको सम्भावना पनि रहेको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button