हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

डा. महावीर पुनले आत्मकथा पुस्तक बेचेर पाँच करोड आम्दानी गरे : बन्द भएको कृषि औजार कारखाना सञ्चालन गर्ने

प्रहार समाचार । काठमाडौँ, बैशाख ९ । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनले आफ्नो आत्मकथा  पुस्तक  बेचेर पाँच करोड आम्दानी भएको जानकारी दिएका छन् ।  सोही पैसा उनले कारखानामा लगानी गर्न लागेका हुन् । पुस्तक बेचेर आएको पैसाले कृषि औजार कारखाना सञ्चालन गर्ने भएका छन् । डा.पुनले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत सो कुराको जानकारी दिएका हुन् । 

उनले त्यसका लागि वीरगन्ज कृषि औजार कारखानामा जागिर खुलेको सूचना प्रकाशित समेत गरी रोजगारीको अबसर खुलेको जनाएका छन्। सूचनामा पुनले मेकानिकल इन्जिनियरदेखि मेशिन निर्माणकर्ता समेत गरी २४ जना जनशक्तिको आवश्यकता रहेको जनाएका छन् । 

पुनले भनेका छन् : ‘वीरगन्ज कृषि औजार कारखानामा जागिर खुल्यो । आफ्नो लागि जागिर खान र जन्मभूमिको लागिमा केहि गरेर देखाउन चाहनेहरूले सम्पर्क गर्नुहोला । महावीर पुनको आत्मकथाको किताब बेचेर आएको पैसाले कारखाना सञ्चालन हुँदैछ ।’  

वर्षौदेखि बन्द भएको वीरगन्ज कृषि औजार कारखानालाई पुनः सञ्चालन गर्ने तयारीमा उनि रहेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button