आँबुखैरेनीहेडलाईनसमाचारगण्डकी

तनहुँको आँबुखैरेनी घटनामा संलग्न रहेको आरोपमा  ७ जना प्रहरीको नियन्त्रणमा

प्रहार समाचार । तनहुँ, बैशाख ७ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३ स्वामी चौतारमा अमन गुरुङको ज्यान जानेगरी भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।

वैशाख ५ गते बुधबार दिउँसो ३ बजे आबुखैरेनी गाउँपालिका वडा नंं. ३ मा बस्ने   २५ वर्षीय रोहित घले, २४ वर्षी आशिष् काराखेती, २६ वर्षीय बलराम श्रेष्ठ, ३१ वर्षीय सागर श्रेष्ठ, २१ वर्षीय कुशल गुरुङ र गोरखा जिल्लाको गोरखा नगरपालिका–१३ बस्ने २४ वर्षीय सन्तोष गुरुङ र एक जना नाबालक समेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपकुमार रायले जानकारी दिए ।

मादक पदार्थ सेवन गरी विवाद हुँदा गोरखाका सहिद लखन गाउँपालिका–३ बस्ने १८ वर्षीय अमन गुरुङलाई आँबुखैरेनी–३को पुरानो कोट जङ्गल भिरबाट ११० फिट तल चन्दनी खोल्सामा खसाली हत्या गरिएको आरोप पक्राउ परेकाहरु माथि रहेको छ। उक्त घटनाको किटानी जाहेरीका आधारमा सात जनालाई पक्राउ गरिएको  सातै जना उपर ज्यान सम्बन्धी कसुरमा तनहुँ जिल्ला अदालतबाट शुक्रबार पाँच दिनको म्याद थप लिई अनुसन्धान भइरहेको प्रहीले जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button