हेडलाईनसमाचारविजनेसप्रदेशसूचना प्रविधि

सुनको मूल्य बढ्यो

प्रहार समाचार । काठपाडौँ, बैशाख ७ । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला सात सय रुपैयाँले बढेको हो।

हिंजो प्रतितोला एक लाख ३८ हजार छ सय रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ३९ हजार तीन सय रुपैयाँ मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन हिंजो तोलामा एक लाख ३७ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक लाख ३८ हजार छ सय ५० रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य घटेको छ। हिंजो प्रतितोला एक हजार सात सय २५ रुपैयाँमा कारोबार भएकोमा आजका लागि एक हजार सात सय २० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button