प्रहार समाचार । काठमाडौँ, बैशाख ७ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई कारागार चलान गरिएको छ।

पुनसँग शुक्रवार ४ लाख रुपैयाँ धरौटी माग गरेकोमा
पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि कारागार चलान गरिएको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए ।
उता पुनसँगै नवीन अछामीले पनि धरौटी जम्मा गर्न नसकेपछि कारागार चलान गरिएको छ । नवीनसँग अदालतले १४ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।
























