व्यासहेडलाईनसमाचारगण्डकी

घातक रोग दाबी भुक्तानी  : १० लाखको चेक प्रदान

प्रहार समाचार ।तनहुँ ,वैशाख ५ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी दमौली शाखाले  ‘घातक रोगदावी भुक्तानी ‘ गरेको छ। व्यास नगरपालिका वडा नम्बर १ निर्मलनगर निवासी सुकराज दर्जीलाई घातक रोग दाबी भुक्तानी अन्तर्गत १० लाखको चेक प्रदान गरिएको हो।

दमौली शाखाका प्रमुख रविचरण गिरी, सिनियर एजेन्सी म्यानेजर एवं एमडीआरटी क्वालिफाइड बलनारायण श्रेष्ठ सहितको टोलीले ब्रेन ट्युमर भएका दर्जीको श्रीमती बिमला दर्जीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको शाखाले जनाएको छ।


निज सुकारामले सिटिजन लाइफ इन्सुरेन्स कम्पनी दमौली शाखामा गत वर्ष १० लाख रुपैयाँको बीमा गरेका थिए। उनले कम्पनीलाई ७४ हजार ७ सय रुपैया मात्रै बुझाएका थिए। विमितलाई २० वटा घातक रोगमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले भुक्तानी दिने भए बमोजिम प्ब्रेन ट्युमरका बिरामी दर्जीलाई उक्त रकम प्रदान गरिएको शाखाले जनाएको छ।

चेक हस्तान्तरण गर्दै शाखा प्रमुख रविचरण गिरी :


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button