प्रहार समाचार । बैशाख ५ । ओमानमा जारी एसिसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै छ। ओमानमा रहेको अल अमिरत क्रिकेट स्टेडियममा आज बिहान ११:४५ बजे नेपालले समूह चरणको अन्तिम खेल र साउदी अरबसँग खेल्नेछ।

यद्यपि नेपाल एक खेल बाँकी छँदै समूह विजेता बनिसकेको छ।मंगलबार साउदी अरेबियालाई कतारले १५ रनले पराजित गरेसँगै नेपालले अन्तिम खेलअघि नै समूह विजेता पक्का गरेको हो।समूहको शीर्ष स्थानको नेपालको अन्तिम खेलअघि ६ अंक छ।
दोस्रो स्थानको कतारले सबै खेल खेल्दा ४ अंक जोडेको छ। साउदी, मलेसिया र हङकङले अन्तिम खेलअघि २-२ अंक जोडेका छन्। समूहको अन्तिम खेलमा नेपालले साउदीसँग खेल्दा मलेसियाले हङकङसँग भिड्नेछ। समूहमा कतारसहित चार टिमको दोस्रो हुने सम्भावना छ।
१० टिम सहभागी कपको आयोजक ओमान समूह ‘बी’ मा छ। समूहमा ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन्। अन्तिम खेलअघि ओमान शीर्ष स्थानमा रहदै ६ अंक छ। कुवेत र युएईको ४-४ अंक छ।
























