हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

आजको मौसम :आंशिकदेखि साधारणतया बदली रहने

प्रहार समाचार । काठमाडौँ, बैशाख ५ । नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको प्रभाव कायमै रहेकाले आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज दिउँसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थान र बाँकी भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button