हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज रामनवमी पर्व : भगवान् श्री रामचन्द्रको स्मरण गरिंदै

प्रहार समाचार । तनहुँ, बैशाख ५ । आज रामनवमी पर्व धुमधामका साथ मनाइँदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक रामको पूजा गरेर यो पर्व मनाउने गरिन्छ ।  हरेक वर्षको चैत शुल्क नवमीमा पर्ने यो पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

भक्तालुजनले नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा रहेको छ । संस्कृतिविद् रामदयाल राकेशका अनुसार रामचन्द्र भगवान्को जन्मदिन भएकाले यो पर्व हिन्दू धर्मावलम्बीको लागि विशेष धार्मिक पर्व हो । 

मिथिला क्षेत्रमा रामनवमीको अझै बढी महत्व छ,’ उनले भने, ‘पूजापाठ गरेर, नदीमा स्नान गरेर पून्य आर्जन गर्ने चलन छ ।’


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button