प्रहार समाचार । सल्यान , बैशाख ५ । सल्यान जिल्लाको बागचौर नगरपालिका-२ ठिङबाङस्थित राप्ती राजमार्ग अन्तर्गत दाङ-रूकुम सडक खण्डमा बस दुर्घना हुँदा १४ जना घाइते भएका छन्।

रा १ ख २०८५ नम्बरको बस उक्त सडक खण्डमा बुधबार बिहान १० . ४५ बजे भएको उक्त दुर्घटनामा घाइते १४ जनामध्ये चार जनाको अवस्था गम्भीर रहेको र १० जना भने सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी नविन कार्कीले जानकारी दिए ।

गम्भीर घाइते भएका चार जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ । बाँकी सामान्य घाइतेको बागचौर स्थिति स्थानीय मेडिकलमा उपचार भैरहेको छ भने दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
























