हेडलाईनसमाचारप्रदेशअन्तर्राष्ट्रिय समाचारखेलकुद

नेपालले आज तेस्रो खेल हङकङसँग खेल्दै

प्रहार समाचार । काठमाडौ, बैशाख ३ । नेपालले आज आफ्नो तेस्रो खेल हङकङसँग खेल्दैछ ।ओमानमा जारी एसिसी प्रिमियर कप अन्तर्गत नेपालले उक्त खेल खेल्न लागेको हो। । ओमानको अल अमिरत क्रिकेट ग्राउन्डमा नेपाली समयअनुसार बिहान ११ः४५ बजेदेखि नेपाल र हङकङबीचको खेल सुरू हुनेछ । कपको साविक विजेता समेत रहेको नेपाल आज लगातार तेस्रो जितको दवाबमा रहेको छ।

नेपाल अघिल्लो दुई खेलमा विजयी भएको थियो । पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेटले पराजित गरेको थियो । शनिबार भएको दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको थियो । दोस्रो खेलमै नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले कीर्तिमानी ब्याटिङ गरेका थिए । दीपेन्द्रले अन्तिम ६ बलमा ६ छक्का प्रहार गरेका थिए।

जसका कारण दीपेन्द्र अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एकै ओभरमा ६ छक्का प्रहार गर्ने पहिलो खेलाडी भए । उनी एकै ओभरमा छ छक्का प्रहार गर्ने तेस्रो अन्तराष्ट्रिय खेलाडी बनेका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button