हेडलाईनसमाचारप्रदेशमनोरञ्जन

आज नयाँ वर्ष : देशभर हर्षोल्लासका साथ मनाइदै

प्रहार समाचार । तनहुँ, बैशाख १ । आज नयाँ वर्ष । विक्रम संवत्को पात्रोअनुसार आज (शनिबार)देखि नयाँ वर्ष शुरू भएको छ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका साथ हर्षोल्लासका साथ मनाइन्छ ।

विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ ।

नयाँ वर्षका अवसरमा आपसमा साथीभाई, इष्टमित्र, छरछिमेक, आफन्त लगायतमा सद्भावका तथा खुसी आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । यसै साँझ गाउँ देखि शहरसम्म विभिन्न मेला महोत्सव लगायतमा गीत  संगिङ्गीतमा यूवा यूवतीहरु रम्ने गरेको पाइन्छ। यसै प्रसङ्गमा तनहुँको सदरमुकाम दमौलीमा क्षेत्रीय होटल संघ तनहुँको आयोजनामा भएको सांगीतीक साँझमा हजारौं युवायुवतीहरुले नाचगानमा रमाए ।

नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरूले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ । नयाँ वर्षकै अवसरमा देशभर बिदा दिइएको छ। नयाँ वर्षको राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायले सबै नेपालीहरुमा शुभकामना दिएका छन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button