हेडलाईनसमाचारप्रदेशसूचना प्रविधि

मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

प्रहार समाचार । काठमाडौँ, चैत ३० । नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेकोले कोशी प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशि देखि साधारणतया बदली रहने छ । 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।  कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button