प्रहार समाचार । तनहुँ, चैत २८ । गर्मी भयो भनेर कोक, फ्यान्टा र स्प्राइट पिउनेले होसियारी अपनाउनु पर्ने भएको छ। बजारमा मिति सिद्धिएका पेय पदार्थ छ्यापछ्याप्ति पाइन थालेको छ।

यसैको पछिल्लो उदाहरणको रूपमा म्याद नाघेका एक लाख ३० हजार १७० रुपैयाँ मूल्य पर्ने बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको उत्पादन कोक, फ्यान्टा र स्प्राइट गण्डकी प्रदेश पोखरामा भेटिनु । प्राप्त समाचार अनुगमन उजुरीका आधारमा अनुगमनका क्रममा सोमबार पोखरा १६ को एक गोदाममा म्याद गुज्रेका ती पेय पदार्थ भेट्टिएका हुन्।
उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक इश्वरी प्रसाद रेग्मी नेतृत्वको अनुगमन टोलीले उपभोग्य म्याद नाघेका पेय पदार्थ नष्ट गराएको हो । निर्देशनालयका निर्देशक रेग्मीका अनुसार २५० मिलिलिटरका दुई हजार ४६९ बोत्तल, एक लिटरका १०३ बोत्तल, २५० मिलिलिटरका ११ बोत्तल र ५०० मिलिलिटरको ४६ बोत्तल पेय पदार्थ नष्ट गराइएको हो ।बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडलाई कानुन बमोजिम कारवाहि गरिने प्रहरले जनाएको छ।
सो अबसरमा उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइराला, जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल, उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत अमर नेपाली, राम प्रसाद पौडेल, नगेन्द्र पौडेल, कर्मचारी संगिता पौडेल र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक सूर्यबहादुर थापामगर लगायतको उपस्थिति थियो ।
























