हेडलाईनसमाचारप्रदेशखेलकुद

विराट गोल्डकप फूटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फूटबल क्लबको पोल्टामा

प्रहार समाचार । विराटनगर, चैत २५ । आठौँ संस्करणको विराट गोल्डकप फूटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फूटबल क्लबको पोल्टामा परेको छ । शनिवार  विराटनगरको सहिद रङ्गशालामा भएको खेलमा मच्छिन्द्रले आयोजक साङ्ग्रिला फूटबल क्लब मोरङलाई २–० ले पाखा लगाउँदै उपाधि आफ्नो पोल्टामा पानि सकल भएको हो । उपाधिसँगै मच्छिन्द्र क्लबले रु ११ लाख र उप विजेता साङ्ग्रिलाले रु पाँच लाख ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगिताअन्तर्गत शनिवार राति भएको निर्धारित ९० मिनेटको खेलमा दुवै समूहबाट गोल हुन नसकेपछि अतिरिक्त समयमा काठमाडौंका ‘ए’ डिभिजन क्लब मच्छिन्द्र चम्किएको हो । खेलको ११३ औँ मिनेटमा मच्छिन्द्रका छिरिङ गुरुङ र ११९ औँ मिनेटमा युसुप थपलियाले गोल गरेका हुन् ।

प्रतियोगितका प्लेयर अफ द म्याच मच्छिन्द्रका लाकेन लिम्बू, सर्वोत्कृष्ट खेलाडी साङ्ग्रिलाका महेन्द्र कार्की, उत्कृष्ट गोलरक्षक मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रका सन्तोष न्यौपाने र सर्वाधिक गोलकर्ता मछिन्द्रका स्टेफन विनोङले जनही रु २१ हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगितामा नेपाल, भारत र भूटानका एक–एक र घरेलु आठसहित १० टोलीको सहभागिता थियो ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button