हेडलाईनव्याससमाचारगण्डकी

तनहुँका कुमालद्वारा श्रीमतिको हत्या

प्रहार समाचार । तनहुँ, चैत २४ । तनहुँको व्यास नगरपालिका–५ साँगे निवासी जीतबहादुर कुमालले घरेलु धारिलो हतियार दाउ प्रहार  गरि श्रीमति सुनमाया कुमालको विभत्स हत्या गरेका छन् ।

घरायसी विवाद हुँदा ४० वर्षिय कुमालले  धारिलो हतियार दाउ प्रयोग गरी ३६ वर्षिय श्रीमतिको हत्या गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। हत्यामा संलग्न कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ ।

मृतक सुनमायाको शव पोष्टमार्टमका लागि दमौली अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ 



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button