हेडलाईनसमाचारप्रदेश

इलाम–२ उपनिर्वाचनमा नेपाली कांग्रेसबाट डम्बर खड्काको उम्मेदवारी दर्ता

प्रहार समाचार । इलाम, चैत २४ ।  नेपाली कांग्रेसबाटइलाम–२ उपनिर्वाचनमा डम्बर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । खड्काले निर्वाचन कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् । इलामका सहायक निर्वाचन अधिकृत इन्द्र श्रेष्ठका अनुसार खड्काको उम्मेदवारी केही बेरअघि दर्ता भएको हो।

नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का नेपाली कांग्रेस इलामको जिल्ला सभापति हुन् । इलामको राजनीति र समाजसेवासँगै व्यवसायमा सक्रिय ४८ वर्षीय खड्का गत वर्ष मङ्सिरमा सम्पन्न चुनावमा उम्मेदवार बनेका थिए ।

त्यतिबेला सुवासचन्द्र नेम्वाङलाई नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए । नेम्वाङसँग ११४ मतले पराजित भएका खड्कालाई नै कांग्रेसले उपचुनावमा उम्मेदवार बनाएको छ ।

निर्वाचन आयोगका अनुसार आज साँझ ५ बजेसम्म मनोनयन गर्दा गर्ने समय रहेको छ । त्यसपछि आयोगले उम्मेदवारको मनोनयन पत्र दर्ताको सूची प्रकाशन गर्नेछ । इलाम–२ बाट निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

त्यसअघि नेकपा एमालेको तर्फबाट सुहाङ नेम्बाङले उम्मेदवारी दर्ता गराएका थिए। उनलाई माओवादीको समर्थन रहने छ। उता राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले पनि आजै आफ्नो उम्मेदवारी दर्ता गराउने तयारीमा रहेको बताईएको छ। यसरी इलामको उपनिर्वाचनमा त्रिपक्षिय कडा प्रतिस्पर्धा हुने देखिएको छ।



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button