हेडलाईनसमाचारविजनेसप्रदेशसूचना प्रविधि

वैदेशिक रोजगारीको समग्र अवस्था  : प्रति वर्ष ५ लाख बढि नेपाली विदेशी श्रम बजारमा

प्रहार समाचार ।तनहुँ ,चैत २३। सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण वैदेशिक रोजगारप्रतिदिन स्वदेशी श्रमशक्ति विदेश पलायन हुन बाध्य रहन परेको छ।सरकारले वैदेशिक रोजगारीको लागि खुल्ला गरेका १ सय ११ देशमा नेपालका श्रमिकहरू जान बाध्य रहेका छन्।

सुरक्षित आप्रवासन  (सामी  ) कार्यक्रम व्यास नगरपालिका तनहुँका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्र श्रम स्वीकृति नलिई  अवैधानिक रुपमा पनि हजारौंको संख्यामा नेपाली श्रमिकहरू वैदेशिक रोजगारीमा गएको बताउँछन् । यसरी श्रम स्विकृति बिनानै विदेश जाँदा केहि भैहालेमा ठूलो समस्या आउने र कानुनी रूपमा समस्यामा परेकालाई उद्द्धार गर्न समस्या हुने गर्दछ ।

नेपालबाट मुख्य गन्तव्य मुलुकहरूमा मलेसिया/ खाडी मुलुकहरू तथा पछिल्लो समय युरोपियन मुलुकहरूमा जानेहरूको सङ्ख्या पनि दिनप्रतिदिन वृद्धि हुँदै गइरहेको छ। नेपालबाट श्रम स्वीकृति लिएर जाने वैदेशिक रोजगारमा जाने को संख्या ७१ लाख नाघिसकेको र हाल दैनिक सरदर २५ सय जना वैदेशिक रोजगारीमा जाने गरेको आर्थिक वर्ष २०७९/ ८० को तथ्याङ्कमा उल्लेख छ।
परियोजनाका अनुसार नेपालमा हाल दैनिक ३ देखि ५ वटा लासहरू भित्रिने गरेको छ। भएका उद्योगधन्दाहरू बन्द हुनु ,नयाँ उद्योग धन्दा नखोल्नु तथा देशमा गरी खाने वातावरण नभएपछि विदेशीको संख्या अझै बढ्न सक्ने विज्ञहरूको  भनाई छ



 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button