हेडलाईनसमाचारप्रदेश

राष्ट्रिय सभा अध्यक्ष दाहालले शपथ ग्रहण पछि पदभार सम्हाले

प्रहार समाचार । काठमाडौ, फागुन २९ मंगलवार ।राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले शपथ ग्रहण गरेका छन्।  आज राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाहालले शपथ ग्रहण गरेका हुन्। 

संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रिय सभा बैठकमा आज दिउँसो भएको निर्वाचनमा दाहाल निर्वाचित भएका थिए। शपथ लिएपछि दाहालले पदभार समेत सम्हाले।​ आजै अध्यक्षमा निर्वाचित बनेका दाहालले शपथ लिएसँगै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर ​पदभारका सम्हालेका हुन् ।​

पदभार ग्रहणका क्रममा उनले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ४० मा भएको व्यवस्थाअनुसार राष्ट्रिय सभामा मन्त्रीहरूसँग प्रश्नोत्तर गर्न सकिने भएकाले त्यसका लागि राष्ट्रिय सभा सदस्यहरूका लागि अभिमुखीकरण सञ्चालन गर्ने निर्णय स्वीकृत गरेका छन् । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button