हेडलाईनसमाचारप्रदेश

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

प्रहार समाचार। काठमाडौँ, फागुन ३० बुधवार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  आज विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको बैठक आज विहान  ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ। प्रधानमन्त्रीले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेको हुन्।

गत फागुन २१ गते प्रधानमन्त्रीले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका दलको नयाँ समीकरण बनेको थियो। त्यही दिन नेपाली कांग्रेस सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिएको थियो। त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रतिनिधि सभामा एमालेको ७७, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जनता समाजवादी पार्टीको १२, एकीकृत समाजवादीका १० सांसद छन्। प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न १३८ मत आवश्यक हुन्छ। अहिले सत्ता गठबन्धनसँग १५२ रहेको देखिन्छ। अहिले ८८ सिट रहेको नेपाली कांग्रेस, १४ सिट रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, ६ सिट रहेको जनमत पार्टी, ४ सिट रहेको  लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने बताएका छन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button