हेडलाईनसमाचारप्रदेश

३८ मत पाएर निर्वाचित भए दाहाल राष्ट्रिय सभाअध्यक्ष

३८ मत पाएर राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभामा रहेका ४ दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी दलको सहयोगमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । 

बैठकको अध्यक्षता गरेकी राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले मत विभाजन प्रक्रियाबाट मतदान गराउँदा दाहालले ३९ मत पाएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी युवराज शर्माले १७ मत पाए । राष्ट्रिय जनमोर्चाका एक सांसदले कुनै पक्षलाई मत दिएनन् । ५६ जना सांसद बैठकमा उपस्थित थिए । 

दाहाललाई माओवादीका सांसद गोपी बहादुर अछामीले अध्यक्ष पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए भने एमालेका सांसद देवेन्द्र दाहाल, एकीकृत समाजवादीका सांसद डा.बेदुराम भुसाल र जनता समाजवादीका सांसद मोहम्मद खालिदले समर्थन गरेका थिए । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button