हेडलाईनसमाचारप्रदेश

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री  ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन ‘ह्विप’ जारी

प्रहार समाचार । काठमाडौँ, फागुन २९ मंगलवार ।सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई .विश्वासको मत दिन ‘ह्विप’ जारी गरेको छ। 

आज बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन ‘ह्विप’ जारी गरेको तथा सबै सांसदलाई अनिवार्य उपस्थिति भएर मत दिन ह्विप जारी गरेको रास्वपाले जनाएको छ। यस्तै, बैठकले सरकारमा सहभागी हुने पार्टीको निर्णयलाई पनि अनुमोदन गरेको छ ।

प्रधानमन्त्री दाहालले बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। अघिल्लो सोमवार नयाँ रास्वपा चार मन्त्रालयका साथ गठबन्धनमा सामेल भएको छ ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button