हेडलाईनसमाचारप्रदेश

कणाली पुल बन्द : क्षतिको परीक्षणपछि मात्र खोलिने

प्रहार समाचार । फागुन २९ मंगलवार । हिंजो आगलागीबाट आंशिकरूपमा क्षति भएपछि कर्णाली पुलमा सवारीसाधन आवागमन बन्द गरिएको छ । प्राविधकको विशेषज्ञ टोलीले पुलको परीक्षण गरेपछि मात्र सवारी आवागमन सञ्चालन गर्न सकिने सडक डिभिजन कार्यालय नेपालगञ्जले जनाएको छ । हिंजो .अपराह्न कर्णाली पुलमा गुडेको ना५ख ५२९७ नम्बरको ट्रकमा आगलागी भएको थियो । ट्रकमा एक हजार एक सय कार्टुन लाइटर थिए ।आगलागीबाट पुलको १४  ‘सपोट’ डोरीमा आंशिक क्षति पुगेको छ ।

पुलमा तत्कालका आगि यातायात आवागमन बन्द गरिएको सडक डिभिजन कार्यालय नेपालगञ्जका इन्जिनियर नीरज शाक्यले जानकारी दिए । प्राविधिकको विशेषज्ञ टोली बाट परीक्षण नहुँदासम्म सवारी आवागमन बन्द गरिएको हो।कर्णाली पुलबाट सवारी आवागमन बन्द गरिएपछि सुदूरपश्चिमका विभिन्न जिल्लाबाट सङ्घीय राजधानी काठमाडौं तथा अन्य प्रदेश जाने सवारीसाधनलाई लम्की, टीकापुर हुँदै सत्ती पुलबाट बर्दिया तथा नेपालगञ्जको मार्ग प्रयोग गर्न अग्रह गरिएको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक हरिराम डाँगीले बताए । 

काठमाडौं तथा अन्य जिल्लाबाट सुदूरपश्चिम प्रदेश भित्रिने सवारीसाधनलाई नेपालगञ्ज र बर्दिया हुँदै टीकापुरको मार्ग प्रयोग गर्न उनले आग्रह गरिएको छ। ग

 

आगलागीबाट एक करोड १५ लाख ६८ हजार बराबरको लाइटर जलेको छ । ट्रकसमेत पूर्णरूपमा जलेको छ । 

एसियाकै नमूना पुलका रूपमा रहेको कर्णाली पुल पर्यटनको गन्तव्यस्थलका रूपमा समेत रहेको छ।   एक खम्बाको सहायताले मात्र बनेको पुल हेर्ने देश तथा छिमेकी मुलुक भारतबाट धेरै पर्यटकहरु आउने गर्दछन् ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button