हेडलाईनसमाचारप्रदेश

राष्ट्रिय सभाको अध्यक्षका लागि आज मतदान

प्रहार समाचार । फागुन २९ मंगलवार । राष्ट्रिय सभाको अध्यक्षका लागि आज मतदान हुने भएको छ ।  बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाउने संसद् सचिवालयले जनाएको छ।अध्यक्ष पदका लागि  सत्ता गठबन्धनबाट माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाई नारायण दाहाल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट युवराज शर्मा उम्मेदवार रहेका छन् ।

राष्ट्रिय सभामा पहिलो दल माओवादीसँग एक मनोनित र उपाध्यक्षसहित १८ सांसद छन्। एमालेसँग प्रतिनिधित्व गरेका १० सांसद छन् । एकीकृत समाजवादीका आठ र जसपाका तीन सांसद छन्। यसरी गठबन्धनमा उपाध्यक्षसहित ३९ सांसद छन्।यता प्रमुख प्रतिपक्षी कांग्रेसका १६ सांसद छन्। लोसपाका एक, राष्ट्रिय जनमोर्चाका एक सदस्य छन्। राष्ट्रपतिबाट मनोनित वामदेव गौतमले कता भोट हाल्ने भन्ने खुलाएका छैनन्।

गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल सकिएसँगै राष्ट्रिय सभामा नयाँ अध्यक्षका लागि निर्वाचन हुन लागेको हो। यसै बिच माओवादी पार्टीभित्र धेरै सङ्घर्ष र वलिदानी दिएका दर्जनौं योग्य नेता हुँदा हुँदै प्रधानमन्त्री प्रचण्डले आफ्ना भाईलाई अध्यक्षमा उठाएकोमा पार्टीभित्र प्रश्न उठेको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button