हेडलाईनसमाचारप्रदेश

माओवादीले राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाललाई उम्मेदवार उठाउने

प्रहार समाचार । काठमाडौँ, फागुन २८ सोमवार ।नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा प्रधानमन्त्री पुष्पकमल दाहालका भाई नारायण दाहाललाई उम्मेदवार उठाउने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दाहाललाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार उठाउने निर्णय गरेको अर्थमन्त्री समेत रहेका उपमहासचिव वर्षमान पुनले जानकारी दिए। 

उनी राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुन्। नारायण दाहाल ०७८ मा राष्ट्रिय सभा सदस्य मनोनित भएका थिए।राष्ट्रिय सभाको अध्यक्षमा दाहालसँगै अहिले उपाध्यक्ष रहेकी उर्मिला अर्याल र झक्कु सुवेदी पनि आकांक्षी थिए। दाहालले आफूलाई राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बनाउनुपर्ने भन्दै माओवादी केन्द्रका सबै पदाधिकारीहरूसँग लबिङ गरेका थिए। दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका भाइ समेत हुन्।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button