हेडलाईनसमाचारबागमती

उच्च अदालतका रजिष्ट्रार भ्रष्टाचार मुद्दामा दोषी ठहर : कैद सजाँय सहित जरिवाना तिर्नुपर्ने

प्रहार समाचार । काठमाडौं , फागुन २८ सोमवार । उच्च अदालत दिपायल राजपुरका रजिष्ट्रार रणबहादुर कटवाल भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालत काठमाडौँले कटवाललाई रकम हिनामिना गरेकोमा दोषी ठहराए गरेको हो। यससँगै उनले अब नौ महिना कैद भेग्नुपर्ने तथा चार लाख ९८ हजार नौ सय ९५ जरिवाना तिर्नु पर्ने भएको छ।

विशेष अदालतका न्यायाधीशद्वय खुसीप्रसाद थारु र रामबहादुर थापाको इजालसले कटवाललाई रकम हिनामिना गरेको भनि हिंजो दोषी ठहर गरेको थियो ।ह

कटवालले विभिन्न शीर्षकमा अदालतबाट करिब पाँच लाख हिनामिना गरेको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत भदौ १६ गते मुद्दा दायर गरेको विशेष अदालतका  प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। भ्रष्टाचार गरेको भन्दै कैद तथा जरिवाना हुने सजाय सुनाएको विशेष अदालतले जनाएको छ। 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button