हेडलाईनसमाचारबागमतीप्रदेशसूचना प्रविधि

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन  मिति तय

राष्ट्रिय सभा अध्यक्षको निर्वाचन ।को मिति तय भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा अध्यक्ष निर्वाचनको मिति तोकिएको जानकारी गराएकी हुन् ।

जस अनुसार निर्वाचन फागुन २९ गते मंगलबार हुने भएको छ। राष्ट्रिय सभा नियमावली २०७५ को नियम ७ बमोजिम राष्ट्रिय सभा अध्यक्ष पदको निर्वाचनको मिति तोकिएको हो । उपाध्यक्ष अर्यालले अध्यक्षको निर्वाचनका लागि सूचना प्रकाशित गर्न महासचिव पदमप्रसाद पाण्डेलाई आज नै निर्देशन समेत दिइन् ।

निर्वतमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल यही फागुन २० गते सकिएको थियो । त्यसको ९ दिनपछि निर्वाचन हुन लागेको हो ।वर्तमान सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष नेकपा (माओवादी केन्द्र)ले पाउने गरी सहमति भएको छ ।माओवादीबाट वर्तमान उपाध्यक्ष उर्मिला अर्याल, पार्टी संसदीय दलका नेता नारायण दाहाल र नवनिर्वाचित सदस्य झक्कुप्रसाद सुवेदी अध्यक्षका लागि दाबेदार छन् । अध्यक्षको उम्मेदवार आज नै टुंगो लगाउने माओवादीको तयारी छ ।

.


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button