हेडलाईनसमाचारप्रदेश

नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा सिटौला मनोनीत

प्रहार समाचार । काठमाडौँ, फागुन २६ शनिवार ।नेपाली कांग्रेसले राष्ट्रियसभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला लाई मनोनीत गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा सिटौलालाई मनोनयन गरेका हुन् ।

देउवाले संसदीय दलको धारा १२ को उपधारा १ बमोजिम दलको नेता चयन गरेको संसदीय दलका निजी सचिव केशव जोशीले जानकारी दिए ।

सिटौला गत माघमा भएकाे राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशबाट निर्वाचित भएका थिए । अब उनलाई कांग्रेसको तर्फबाट राष्ट्रिसभा अध्यक्ष उम्मेदवारको रुपमा समेत हेरिएको छ । नयाँ गठबन्धन नबनेको भए सिटौला राष्ट्रिय सभाको अध्यक्ष हुने पक्का थियो ।

( सिटौलालाई मनोनयन गरिएको पत्र : )


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button