हेडलाईनव्याससमाचारगण्डकीनगरपालिका /गाउँपालिका

शिक्षक संघ तनहुँको दमौलीमा जिल्ला प्रतिनिधिसभा एवम शिक्षक सम्मान कार्यक्रम सम्पन्न

प्रहार समाचार । तनहुँ, फागुन २६ शनिवार ।नेपाल शिक्षक संघ तनहुँको आज दमौलीमा ‘जिल्ला प्रतिनिधिसभा एवम शिक्षक सम्मान कार्यक्रम २०८०’ सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जित प्रकाश आलेले शिक्षामा समय सापेक्ष परिवर्तन हुनु पर्नेमा जोड दिए ।

मन्त्री आलेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आम शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको बताए ।  उनले शिक्षकहरुले कक्षा कोठामा इमान्दारी पूर्वक पढाउनुपर्ने बताए । ‘ कक्षाकोठामा गएर पनि नपढाई पठाए जस्तो गर्नुपनि शैक्षिक भ्रष्टाचार हो ‘ मन्त्री आलेले भने । अहिले समाजमा चारैतिर नकारात्मक भावनाको विकास भएको बताउँदै शिक्षकहरुले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।

गण्डकी प्रदेशका सभासद् अशोक कुमार श्रेष्ठले राणा शासन देखि पञ्चायत फाल्न तथा अहिलेको लोकान्त्रिक गणतन्त्र स्थपना गराउनमा शिक्षकहरुको अहम भूमिका रहेको बताए ।

नेपाली कांग्रेस तनहुँका पूर्व सभापति बैकुण्ठ न्यौपानेले शिक्षामा धेरै प्रकारका विसङ्गति रहेको चर्चा गर्दै आफूलाई शिक्षक नेताभन्नेले आफ्नो नाम बेचेर सरुवा मिलाइदिने भनेर आर्थिक चलखेल गरेको भन्ने सुनेको बताउँदै त्यसमाआफ्नो गम्भिर असहमति रहेको बताउँदै त्यतातर्फ नलाग्न आग्रह गरे। स्थानिय तहमा शिक्षाको अधिकार आएसङ्गै तनहुँका सम्पूर्ण पालिकाहरुले संघ, संगठन लगायतसंग बसेर व्यापक छलफल गरि एकै प्रकारको शैक्षिक नीति र मापदण्ड ल्याउनुपर्नेमा जोड दिए ।ब

भानु नगरपालिकाका नगर प्रमुख आनन्दराज त्रिपाठीले एउटा असल शिक्षकले सिङ्गो समाज परिवर्तन गर्न सक्ने भएकाले सम्मानित पेशा शिक्षकले इमान्दारपूर्वक लगनशिल भएर आफ्नो क्षमता . कक्षाकोठामा प्रयोग गरि धर्म  निर्वाह गर्नु पर्ने बताए ।

नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी रेग्मीले समाज परिवर्तनमा शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै सरकार संङ्ग भएका सम्झौताहरु अक्षरस पालना हुनुपर्ने बताए ।
शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख उद्ववराज कट्टेलले शिक्षकहरुले विश्वमा देखिएका नयाँ नयाँ शैक्षिक पद्धति कक्षाकोठाभित्र प्रयोग गर्नुपर्नेमा जोड दिंदै सिपमूलक र रोजगारमूलक शिक्षा अहिलेको आवश्यकता रहेको बताए।

नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष रमेशबाबु भटराईको सभापतित्वमा भएको कार्यक्रममा अध्यक्ष भट्टराईले संघको भावि कार्यक्रम तथा योजना प्रस्तुत गर्दै व्यास नगरपालिका वडा नं ३ शान्तिनगरमा संघको भवन निर्माणकालागि २ आना २ पैसा क्षेत्रफल भएको जग्गा खरिद गर्ने प्रक्रिया अगाडी बढाईएको र पहिलो पटक ऐतिहासिक दस्तावेद सहितको स्मारीका प्रकाशीत गरिने बताए ।

कार्यक्रममा नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष आर सि पोखरेल , शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी रेग्मी, शिक्षक संघ लमजुङका पूर्व अध्यक्ष विष्णुहरि वास्तोला,  कास्कीका अध्यक्ष राजु क्षेत्री,संघका पूर्व अध्यक्षहरू ब्रम्हदत्त तिमल्सेना, रमेशचन्द्र हड्खले,गणेश बहादुर खत्री, विजयराज पौडेल, रसमाया गुरुङ , नेपाल ट्रेड युनियन कांग्रेस तनहुँका सभापति कृष्ण केसी , गण्डकी प्रदेश उपाध्यक्ष अनिल श्रेष्ठ , अखिल नेपाल शिक्षक संगठनका तनहुँ अध्यक्ष हेमलाल घिमिरे , शिक्षक संघका उपाध्यक्ष अशोक चन्द्र वगाले, व्यास नगर अध्यक्ष ईन्द्रप्रसाद पौडेल,  ए अखिल नेपाल शिक्षक संगठन तनहुँ सचीव एबम राहत शिक्षक समिति तनहुँ अध्यक्ष सिद्धान्त गर्जा मगर , प्रअहरुको तर्कबाट हरिराज काफ्ले लगायतले आआफ्नो मन्तव्य राखेका थिए ।

उक्त सभामा सचिव नरेन्द्रनाथ न्यौपानेले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन, राजु ढकाल सचिव अर्थले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफल पछि पास गरिएको थियो । त्यस अवसरमा नेपाल शिक्षक संघका पूर्व अध्यक्षहरु, विशिष्ट सदस्यहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button