हेडलाईनसमाचारगण्डकीप्रदेशनगरपालिका /गाउँपालिका

तनहुँका तीन जनाको नाम सहिदको नयाँ सूचिमा समावेश

प्रहार समाचार । तनहुँ , फागुन २७ आइतवार । तनहुँका तीन जनाको नाम सहिदको नयाँ सूचिमा समावेश गरिएको छ।
   सरकारले थप २ हजार ६७४ जनालाई सहिद घोषणा गरेको सूचिमा २०६२ साउन ६ गते निधन भएका भिमाद–४ का राजु शर्मा , २००७ माघ १ गते मृत्यु भएका भानु–७ का खड्गबहादुर गोदार र व्यास–११ का चन्द्रबहादुर सार्की को नाम  सुचिमा समावेश गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले जनाएको छ ।

सरकारले गरेको घोषणाको निर्णय अनुसार थप सहिदहरुको सूची राजपत्रमा प्रकाशित भएको छ ।   गत पुस २४ गतेको मन्त्रिपरिषदको बैठकले विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा जीवन उत्सर्ग गरेका तर सहिद घोषणा हुन बाँकी रहेका २ हजार ६७४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो ।

 सोही दिनमा विभिन्न मितिमा सहिद घोषणा भई विवरण अपूर्ण भएका कारण राजपत्रमा प्रकाशन हुन बाँकी २५९ जनाको सहिदहरूको विवरण राजपत्रमा प्रकाशन गर्ने निर्णय गर्नुका साथै विभिन्न मितिमा सहिद घोषणा भएका एक हजार बाह्र जना सहिदहरूको विवरण संशोधन गर्ने निर्णय गरेको थियो । विभिन्न मितिमा सहिद घोषणा भएका १ सय ५२ जना सहिदहरूको विवरण संशोधन गर्ने निर्णय  समेत मन्त्रिपरिषदले सोही दिनमा गरेको थियो । 


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button