हेडलाईनसमाचारबन्दीपुरगण्डकी

तनहुँको बन्दीपुरमा प्रहरीको ग्रामीण गस्ती तथा लघु सचेतना कार्यक्रम

प्रहार समाचार । तनहुँ, फागुन २६ शनिवार । तनहुँको पर्यटकीय नगरी बन्दीपुरका गाउँ गाउँमा प्रहरीले ग्रामीण गस्ती तथा लघु सचेतना कार्यक्रम हालै सम्पन्न गरेको छ।


इलाका प्रहरी कार्यालय बन्दीपुर तनहुँबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले बन्दीपुर गाउँपालिकाको विभिन्न स्थानहरूमा कार्यक्रम गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहनबहादुर खाँडले बताए ।


प्रहरीले बन्दीपुरको बाहुन भञ्ज्याङ्, कोरिखा, मोहरिया, फलामडाँडा, लिङ्गेछाप, भदौरे, जुमडाँडा, झप्रि, पिप्ले, सालथान, थारूवास, रेशमखेति लगाएतका स्थानहरूमा ग्रामीण गस्ती तथा स्थानीय बासिन्दाहरूसँग छलफल गरेको हो । यसका साथै प्रहरीले  समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत मानव बेचबिखन, बाल विवाह, लागू औषध दुरूपयोग लगायत बिभिन्न सामाजिक अपराध सम्बन्धमा लघु सचेतनामूलक कार्यक्रम सञ्चालन गरी सो सम्बन्धी सचेतनामूलक हाते पर्चा समेत बितरण गरिएको जनाएको छ।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button