प्रहार समाचार । तनहुँ, फागुन २५ शुक्रवार ।११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज लियो क्लब अफ तनहुँले विद्यालयका विद्यार्थीहरुलाई सेनिटरी प्याड वितरण गरेको छ।
क्लबले ऋषिङ्ग-१,झापुटारमा रहेको शुक्ला मा वि का विद्यार्थीहरुलाई सेनिटरी प्याड वितरण तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा बोल्दै ऋषिङ्ग गाउपालिका वडा न १ का अध्यक्ष कुश बहादुर थापाले सामाजिक क्षेत्रमा लियो क्लबले पुऱ्याएको योगदानको चर्चा गरे।
कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ एल नेपालका चिफ पिआरओ सुरेन्द्र पौडेल, रिजन एफ का कोर्डिनेटर कृष्णहरि गैर्हे लगायतको उपस्थिति रहेको कार्यक्रममा दमौली अस्पतालका नर्सिङ इन्चार्ज मोनिका परियारले सेनिटरी प्याडको प्रयोग गर्ने तरिकाको बारेमा प्रशिक्षण दिएकी थिइन् ।

त्यस अबसरमा तीन सय बढी विद्यार्थीहरुलाई प्याड बितरण गरिएको थियो । क्लबका अध्यक्ष वसन्ती थापाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रम क्लबका स्वास्थ्य संयोजक राजेश क्षेत्रीको सम्योजकत्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सहजीकरण क्लबका सदस्य भुमिका खत्री र सचिब मुकेश बिडारीले गरेका थिए ।
























