व्यासहेडलाईनसमाचारगण्डकी

“कांग्रेसको नाममा ठगेर, लुटेर खानेलाई  ‘जय नेपाल’ भन्नै मिल्दैन ” –  नेता जोशी

प्रहार समाचार । तनहुँ, फागुन २४ बिहिवार । वीपी विचार समाजका केन्द्रीय सह अध्यक्ष गोविन्दराज जोशीले नेपाली कांग्रेसले वीपीको आदर्श मूल्य मान्यता सबै ध्वस्त पारेको बताउँदै कांग्रेसलाई  ‘जय नेपाल ‘ भन्ने अधिकार नभएको बताएका छन्।

‘विपिको राष्ट्रिय मेलमिलाप नीति र नेपालको वर्तमान राष्ट्रिय राजनीति ‘ विषयक एक दिवसीय भेलालाई दमौलीमा बिहिवार सम्बोधन गर्दै नेता जोशीले भने  “अहिले कांग्रेस भनिएका शेरबहादुर देउवाले वीपी कोइरालाको आदर्श,मूल्य, मान्यता  र सिद्धान्तले उनलाई  ‘जय नेपाल’ भन्ने अधिकार छैन , कांग्रेसको नाममा ठगेर खाने ,कांग्रेसको नाममा लुटेरा खानेले जय नेपाल भन्नै मिल्दैन ” –  नेता जोशीले थपे।

“जुन दिन नेपाली कांग्रेसले सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता दिन्छ त्यही दिनदेखि कांग्रेस निरर्थक रहन्छ ” भनेर वीपी कोइरालाले भन्नुभएको स्मरण गर्दै नेता जोशीले अहिले कांग्रेस निरर्थक कांग्रेस भएको छ, सत्ताका लागि जोसँग पनि गठबन्धन गर्नेपनि कांग्रेस हुन्छ  ? भन्ने प्रश्न गर्दै उनले भारतीय सेनाका पूर्व जर्नेल अशोक मेहताले  “प्रचण्ड पनि राम्रै घोडा हो र देउवालाई पनि तबेलामा राख्नुपर्छ यसलाई पनि चढ्न काम लाग्छ “। भनेर भन्दा पनि चुप लागेर बस्ने पनि यो देशको नेता हुन सक्छ , कांग्रेस हुन सक्छ ? जोशीको प्रश्न थियो।


वीपी विचार समाज क्षेत्र नम्बर १ का सभापति केशर बहादुर गुरुङको सभापतित्वमा सम्पन्न उक्त अन्तरक्रि ममा वीपी विचार समाज तनहुँका सभापति हरिशरण पण्डित , आँबुखैरेनी गाउँपालिकाका संयोजक टकबहादुर थापा, सदस्य सुनाराम गुरुङ ,भानु नगरपालिकाका संयोजक लीलचन्द्र पाण्डे, व्यास नगरपालिकाका संयोजक इन्जिनियर दीर्घबहादुर क्षेत्री,  वीपी विचार समाज तनहुँका उप-सभापति क्याप्टेन रेशम बहादुर गुरुङ, देवघाट गाउँपालिकाका संयोजक सूर्य ढकाल सल्लाहकार दिपकराज जोशी, अधिवक्ता ऋषिराम पोखरेल ,  परशुराम गिरी लगायतले आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण सोलबहादुर मगरले गरेका थिए।


 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button